काठमाडौं । बीमा समितिले आफ्नो ५३ औँ वार्षिकोत्सवको अवसरमा अर्थतन्त्र, वित्त, बैंक, पूँजी बजार, व्यवस्थापन लगायतका लेख रचना पठाउन आग्रह गरेको छ । समितिले यी उल्लेखित विषयका लेख रचनाहरु समावेश गरी समाचार र विचार विशेषाङ्क प्रकाशन गर्न लागिएको हुँदा सम्बन्धीत विषयमा लेख रचना तयार पारी बैशाख ५ गतेभित्र उपलब्ध गराइसक्नुपर्ने जनाएको छ ।
सम्बन्धीत विषयका लेख रचना कम्तीमा १५ सय देखि ४ हजार शब्दसम्मको हुनुपर्ने समितिले जनाएको छ । छनौट भएका लेख रचनाको लागि पारिश्रमिकको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।