IME Life
Beema Board

हकप्रद निष्काशन गर्न नपाएपछि किसान लघुवित्तले एफपिओ निष्काशन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । किसान (साविकको एनआरएन) लघुवित्तले एफपिओ निष्काशन गर्ने भएको छ । यस अधि किसान लघुवित्तले १०० प्रतिशत हकप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गरेको थियो र त्यसको भोलिपल्टै नेपाल राष्ट्र बैंकले उक्त प्रस्ताव हटाउन निर्देशन दिए पछि संस्थाले हकप्रद निष्काशन नगर्ने सुचना नेप्सेलाई दिएको थियो ।

कम्पनीले १२ लाख ९८ हजार २ सय ५९ कित्ता एफपिओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी संस्था र क्यापिटलबीच सम्झौता भएको छ ।

Prabhu
Crest

सम्झौतापत्रमा किसान लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

किसान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ५२ करोड २६ लाख र चुक्ता पूँजी ३९ करोड २८ लाख रहेको छ अब एफपिओ जारी गरे पश्चात संस्थाको चुक्ता पूँजी ५२ करोड २६ लाख हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS