IME Life
Beema Board

दुई कम्पनीको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले नेशनल लाईफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानीकोषको ५० हजार कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।

Prabhu
Crest

बैंकले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता ४६६ र नागरिक लगानीकोषको प्रतिकित्ता १ हजार ५४० तोकेको छ । यी कम्पनीको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

दुवै कम्पनीको शेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीदको माग गर्न सकिनेछ । शेयर खरिद गरेका शेयरधनीहरुले चैत १० गतेपश्चात सम्बन्धीत कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनश शेयर तथा लाभांश प्राप्त गर्न सक्ने समेत बैंकले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS