Connect IPS
IME Life

अजोड इन्स्योरेन्सले इनसाइडर ट्रेडिङ गरेको आरोपमा अपराध अनुसन्धान महाशाखामा उजुरी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले इनसाइडर ट्रेडिङ गरेको आरोपमा केशव कोइरालाले महानगरिय प्रहरी कार्यालय काठमाडौंको अपराध अनुसन्धान महाशाखामा उजुरी हालेका छन् । उनले इनसाइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै अनुसन्धान गर्न उनले उजुरी दिएका हुन् ।

केहि दिनदेखि दोस्रो बजारमा अजोड इन्स्योरेन्सको शेयर मूल्य अस्वभाविक रुपमा बढेको उनले जनाएका छन् । चैत १६ गते तराईको होली पर्वको कारण बजारको कुल कारोबार र नेप्से सूचांक दुबै घटेको तर अजोडको शेयर मूल्यमा भने सर्किट लागेको थियो । दोस्रो बजारमा सर्किट लागेकै भोलिपल्ट कम्पनीले ५० प्रतिशत हकप्रद शेयर घोषणा गरेको निवेदनमा उल्लेख छ ।

Prabhu
Crest

कम्पनीको उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घोषणा पुर्व नै आफन्त र नातेदारका नाममा ठुलो परिणाममा शेयर खरिद गरेर मात्रै सूचना प्रकासित गरेको निवेदनमा जनाइएको छ । धितोपत्र बजारमा यसरी भित्री सूचनाको आधारमा गरिएको कारोबारलाई इन्साइडर ट्रेडिङ भनिन्छ र यो आर्थिक अपराध भएको निवेदक कोइरालाले जनाए ।

निवेदनमा कम्पनीका अध्यक्ष आजाद श्रेष्ठ, सञ्चालकहरु राम बहादुर गुरुङ, सागर गुरुङ, चिरञ्जिवी दावा, कल्याण बन्धु अर्याल, प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कम्पनी सचिव विपी उपाध्यायलाई आरोप लगाएर निवेदन पेश गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS