काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले शाखारहित सेवाको उद्घाटन गरे ।
शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी, महसुल भुक्तानीलगायत सेवा लिन सकिनेछ ।
हाल बैंकले २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।