Connect IPS
IME Life

अजोड इन्स्योरेन्सले डाक्यो तेस्रो वार्षिक साधारणसभा, ५० प्रतिशत हकप्रदको प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले बैशाख ७ गते तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभामा चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीले यसै वर्ष सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो ।

कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैया पुग्नेछ । साधारणसभामा सर्वसाधारण समुहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

Prabhu
Crest

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन पेश गर्ने छन् । त्यस्तै साधारणसभामा लेखापरिक्षण प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ । साधारणसभा प्रयोजनका लागि चैत २४ गतेदेखि बुक क्लोज हुनेछ । चैत २३ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनुका साथै सञ्चालक समितिको निर्वाचनमा सहभागिता हुन पाउने छन् ।

कोभिड १९ को बढ्दो संक्रमणका कारण जुम मिटिङबाट साधारणसभा गर्ने भएको छ । साधारणसभा वल्ड ट्रेड सेन्टरको अमन हलबाट हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS