Connect IPS
IME Life

नियम भन्दा बाहिर गएर व्यवसाय नगर्न बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्पुर्ण जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर नियम भन्दा बाहिर गएर व्यापार नगर्न मौखिक निर्देशन दिएका छन् । सिलवालले बुधबार सम्पुर्ण जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई समितिमै बोलाएर छलफल आयोजना गरेका थिए ।

सिइओहरुलाई बोलाएर बीमा क्षेत्रमा के के गर्नु पर्ने हो भन्दै सुझाव माग गरिएको थियो । बीमा बजारलाई कसरी मर्यादित र सहज बनाउन सकिन्छ भन्दै जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु सँग छलफल गरिएको एक प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

Prabhu
Crest

समितिले पछिल्लो समय बीमा कम्पनीहरु सँग तथ्याङ्क माग गरिरहेको छ । अभिकर्ताहरुलाई प्रदान गर्ने कर्जा तथा उनिहरुले पाउने सुविधाका विषयमा छलफल भएको छ । अभिकर्ताहरुलाई प्रदान गर्ने कर्जाले बिकृति शिर्जना गरेको भन्दै प्रमुख कार्यकारी अधिकृतहरुले यसलाई नियमबाटै नियन्त्रण गर्न सुझाव दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृतहरुले एक्चुरी मूल्याङ्कनका क्रममा असहज भैरहेको भन्दै गुनासो गरेका थिए । उनिहरुले एक्चुरी मूल्याङ्कनका क्रममा बीमा बजारमै प्रभाव परिरहेको र यस विषयमा संवोधन गरिदिन उनिहरुले समिति सँग अनुरोध गरेका थिए ।

नयाँ बीमा योजनाहरु कसरी ल्याउन सकिन्छ र कसरी मिलेर जान सकिन्छ भन्दै छलफल भएको छ । नेपाली बजारमा सुहाउदो बीमा योजना ल्याउनका लागि बीमा समिति र कम्पनीहरु मिलेर जानु पर्ने उनिहरुले तर्क गरेका छन् ।

लगानीका क्षेत्रहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर समितिले सिइओहरु सँग सुझाव माग गरेको थियो । समितिले लगानी निर्देशिका अनुसार लगानी नभएको भन्दै गुनासो गर्दै आएको छ । लगानीका क्षेत्रहरु थप विस्तार गर्नका लागि के के गर्ने भन्ने विषयमा पनि छलफल भएको एक प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

बुधबार प्रमुख कार्यकारी अधिकृतहरुले आफ्ना कुराहरु राखेका थिए । समितिले अझै छलफल आवस्यक रहेको भन्दै शुक्रवार पनि छलफल गर्ने भएको छ । भोलिको छलफलमा समितिले आफ्नो राय सुझाव राख्ने छ ।

भविष्यमा बीमा क्षेत्रलाई पनि बैंकिङ क्षेत्र जस्तै कसरी मर्यादित बनाउन सकिन्छ भनेर छलफल भएको थियो । बीमा क्षेत्र अव्यवस्थित भएको भन्दै समितिले सिइओहरुसँग चासो राखेको थियो । यसै क्रममा अभिकर्तालाई प्रदान गरिने लाइसेन्स कसरी वितरण गर्ने साथै कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS