Connect IPS
IME Life

कोभिड १९ को रोकथामका लागि लकडाउन सुरु भएको एक वर्ष : डिजिटल प्रविधिमा फड्कोदेखि कोरोना बीमाको अर्बौको दायित्व

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै लक डाउन गरेको आज एक वर्ष पुरा भयो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले विश्वका सबै देशलाई प्रभावित पार्यो । छिमेकी राष्ट्र चीनमा भयाभह हुँदा नेपाललाई खासै असर नपारेको कोभिडले भारतमा तिव्र रुपमा फैलिए सँगै नेपालमा पनि ठुलो असर पार्ने देखिए पछि नेपाल सरकारले करिव ५ महिना पुर्ण रुपमा लक डाउन गर्यो ।

सरकारले लकडाउन गर्दा अर्थतन्त्र तहस नहज हुने विश्लेषण गरिएको थियो । नेपालको अर्थतन्त्र रेमिट्यान्समा टिकेकाले सबैभन्दा पहिलो असर यसैमा पर्ने विज्ञहरुको विश्लेषण थियो । नेपालको रेमिट्यान्सको स्रोतको रुपमा रहेको युरोप अमेरिका तथा खाडि मुलुकमै कोरोनाको बढ्दो सक्रमणदरका कारण नेपालमा भित्रिने रेमिट्यान्स धेरै नै घट्ने अनुमान गरिएको थियो ।

Prabhu
Crest

त्यस्तै बीमा क्षेत्रमा पनि कोभिड १९ ले धेरै नै असर पुर्याउने आकलन गरिएको थियो । कोभिड १९ ले मानविय क्षेत्र धेरै हुँदा बीमा कम्पनीहरु टाट पल्टनसक्ने सम्मको लख काटिएको थियो । त्यस्तै निर्जीवन बीमा व्यवसाय पनि धेरै नै घट्ने अनुमान गरिएको थियो ।

कोभिड १९ को रोकथामका क्रममा सरकारले लकडाउन गर्न सम्पुर्ण कल कारखाना तथा उद्योग बन्द भए । धेरैको रोजगारी गुम्यो । पर्यटन तथा होटल व्यवसाय गर्नेहरुले आजका दिनमा पनि पुर्ववत रुपमा व्यवसाय गर्न सकिरहेका छैनन् ।

कोभिड १९ अगाडि बीमा क्षेत्रमा ठुलो क्षति पुर्याउछ भन्ने अनुमान गरिएको थियो त्यस्तो नभएको बीमा विज्ञ भोजराज शर्मा बताउछन् । कोभिड १९ ले बीमा व्यवसायको बृद्धिदर जुन हिसावले बढिरहेको थियो त्यसमा केहि ब्रेक भने लगाएको उनको विश्लेषण छ ।

कोभिड १९ ले नेपालको अर्थतन्त्र धेरै नै धारसायी हुन्छ भन्ने जुन अनुमान गरिएको थियो त्यस्तो भने नभएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउछन् । सरकारले ५ महिना भन्दा लामो समय लक डाउन गर्यो । त्यस्तै ९ महिना भन्दा लामो समय पुर्ण रुपमा सार्वजनिक यातायातको सवारीसाधनको आवागमनमा रोक लगायो । यसले गर्दा आर्थिक अवस्था लगभग ठप्प रह्यो । तर पछिल्लो समय जुन हिसाले बाणिज्य बैंकहरुबाट कर्जा गैरहेको छ साथै बीमा कम्पनीहरुको व्यवसाय बढिरहेको छ त्यो भने चामत्कारिक भएको विश्लेषकहरु बताउछन् ।

कोभिड १९ का कारण मानिसहरुको खर्च गर्ने बानि हराएको विश्लेषकहरु बताउछन् । सरकारले खर्च हुने क्षेत्रलाई बन्द गर्दा नागरिकको बचत बढेको भट्टको विश्लेषण छ । वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीले पठाउने रेमिट्यान्स घट्नुको साट्टो बढ्यो । अर्को तर्फ नागरिकको फजुल खर्च गर्ने क्षेत्रहरु साघुरिदा बचत बढ्यो । यसले बैंकमा निक्षेप चुलियो । निक्षेप चुलिदा कर्जाको व्याजदर एकल बिन्दुमा झर्यो । यसको प्रत्यक्ष असर व्यवसाय बृद्धिमा पर्यो ।

कोभिड १९ ले बैंक तथा बीमा क्षेत्रको डिजिटल प्रणालीको विकास गर्नुका साथै आम नागरिक पनि यसमा अभ्यस्त हुने क्रम बढ्यो । बीमा कम्पनीहरुले पनि कोभिड १९ पछि डिजिटल प्रविधिबाट पोलिसी बिक्री गर्ने तथा दाबी भुक्तानीको अभ्यास गरिरहेको शर्मा बताउछन् । बीमा कम्पनीहरुले कोभिड १९ कै अवधिमा पनि बीमितलाई दाबी भुक्तानी गर्ने प्रयास गरेका थिए ।

कोभिड १९ को बीमा गर्ने क्रममा बीमा समिति चुक्यो । पोलिसी जारी गर्दै चुकेको बीमा समिति पछिल्लो दाबी भुक्तानी गर्न नसकेर समस्यमा छ । बीमाको सामान्य सिद्धान्त भन्दा माथि गएर महामारीको बीमा पोलिसी जारी गर्दा अहिले नेपाल सरकारलाई कोरोना बीमाको दाबी भुक्तानीका लागि १० अर्ब भन्दा बढिको दायित्व पर्ने देखिएको छ ।

सरकारले लकडाउन सुरु गर्ने वित्तीकै बीमा समितिले कोरोना बीमाको पोलिसी जारी गर्यो । सुरुमा नेपालमा कोभिड १९ को संक्रमणदर एकदमै कम थियो । तर असार साउन पछि कोभिड १९ को संक्रमणदर ह्वात्तै बढ्यो । संक्रमणदर बढ्दै जादा कोभिड १९ को बीमा गर्नेको संख्या पनि बढ्यो । यसै क्रममा कोरोना बीमाको दाबी १० अर्ब नाघिसकेको छ ।

यस बाहेक बीमा क्षेत्रमा खासै अप्रिय घटना भने घटेन । यति धेरै ठुलो जोखिमको समयमा पनि नियमित बीमा व्यवसायमा भने कोभिड १९ ले धेरै ऊलो असर भने गर्न सकेन । कोभिड १९ ले आम सर्वसाधारणमा बीमा गर्नु पर्छ है भन्ने सन्देश प्रवाह भएको सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री बताउछन् ।  यस्ता घटनाले केहि समय बीमा प्रति आम सर्वसाधारणको धारणा सकारात्मक हुने गरेता पनि नियमित रुपमा बीमा गर्ने बानीको भने विकास हुन सकेको छैन । बीमा जोखिमका लागि भएकाले जुन सुकै अवस्थामा पनि जोखिम हुन सक्ने सम्भावना रहन्छ । जोखिमको मूल्याङ्कन गरेर सरकारले नै बीमाको दायरा थप बढाउदै लैजानु पर्ने क्षेत्रीको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS