काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले नियम विपरित हकप्रद शेयरको प्रस्ताव गरेको सूचना सार्वजनिक गरेर फिर्ता लिए पछि नेपाल स्टक एक्सचेन्जले कारोबार रोक्का गरेको छ । नेप्सेले संस्थाको कारोबार रोक्का गरेर स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । तर सञ्चार माध्यमले संस्थाको यस्तो प्रस्ताव नियम विपरित भएको भन्दै समाचार सम्प्रेण गरे पछि भोलिपल्टै हटाएको थियो ।
संस्थाको यस्तो कार्यले धितपत्रको मूल्यमा प्रभाव पारेको भन्दै नेप्से संस्था सँग स्पष्टिकरण गरेको हो । संस्थाले नेप्सेलाई गलत सूचना एको तथा सूचना परिवर्तन गरेको भन्दै नेप्सेको चैत १० गतेको निर्णय अनुसार कारोबार रोक्का गरि तीन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । नेप्सेले के कति कारणबाट हकप्रद जारी गर्ने भन्ने प्रस्ताव राखी पुनः हटाइ संसोधन गरेको हो र हकप्रद जारी गर्ने भन्ने संचालक समितिको प्रस्ताव किन समयमानै जानकारी दिन नसकेको हो भन्ने प्रश्न गरेको छ ।