काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वसाधारण समुहमा परिणत भएको २० लाख ८३ हजार ११३ कित्ता शेयर दोस्रो बजारमा आजदेखि कारोबार गर्न मिल्ने भएको छ । कम्पनीले सर्वसाधारण समुहमा परिणत गरेको उक्त शेयरलाई आजदेखि नेप्सेमा कारोबार गर्ने व्यवस्था मिलाएको हो ।
उक्त संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत सँगै कम्पनीको शेयर पूँजी संचरना संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण समुह तर्फ ४९ प्रतिशत कायम भएको छ
सोमबार कम्पनीको सर्वसाधारण शेयर दोस्रो बजारमा १०८० रुपैयाँमा कारोबार भैरहेको छ । संस्थापक समुहबाट सर्वसाधारण समुहमा परिणत हुँदा संस्थापक शेयरधनीले दोस्रो बजारबाट लाभ लिन सक्छन् ।