IME Life
Beema Board

विदेशी बस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने, यस्तो छ कार्यविधि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट बस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्ने प्रयोजनका लागि बाणिज्य बैंक र विकास बैंकहरुलाई परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने नियम बनाएको छ । राष्ट्र बैंकले वार्षिक रुपमा अधिकतम ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने गरि यस्तो नियम बनाएको हो ।

परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने भएको छ । कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनु पर्नेछ ।

Prabhu
Crest

ग्रहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिने छ । प्रयोगकर्ताले एकै पटक वा पटक पटक गरी एक वर्षमा बढिमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्ने छन्। सो प्रयोजनका लागि कार्ड जारी भई एक्टिभ भएको दिनबाट समयवधि गणना शुरु हुनेछ ।

नेपालको प्रचलित कानुनले प्रतिवन्ध नलगाएका विदेशी बस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत विदेशबाट खरिद गर्न सक्ने छन् । बाणिज्य बैंकहरु र विकास बैंकहरुले कुनै समयमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको सीमा भन्दा बढि रकम कार्डमा जम्मा गर्न पाउने छैनन् ।

कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइन मार्फत सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रा समेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ । यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था समेत गर्नुपर्नेछ । कार्डको मौज्दात

अमेरिकी डलर ५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा भन्दा बढि भएको अवस्थामा सो बढि रकम अनिवार्य रुपमा निजको विदेशी मुद्रा भन्दा बढि भएको अवस्थामा सो बढि रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नु पर्ने छ।

सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीको लागि विदेशी मुद्रा सटहीको वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र अमेरिकी डलर ५०० को योग बराबर हुनेछ । तर यस्तो रकम बढिमा वार्षिक अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्ममा मात्र सीमित हुनेछ ।

प्रिपेड कार्ड जारी गर्दा ग्राहकबाट अन्य बाणिज्य बैक र विकास बैंकहरुबाट यस्तो सुविधा नलिउको स्वघोषणा अनिवार्य रुपमा लिनुपर्नेछ। खातामा रहेको रुपैयाँ खर्च हुने गरी सम्बन्धित खातावालाको नाममा प्यान समेत भिडाइ कार्ड जारी गर्ने व्यवस्था मिलाउनु पर्नेछ । ग्राहकले एकभन्दा बढि बाणिज्य बैंक र विकास बैंकहरुबाट यस्तो सुविधाको उपयोग गरेको पाइएमा त्यस्ता ग्राहकलाई विदेशी विनिमय ऐन २०१९ बमोजिम कारबाही हुनेछ ।

कार्डबाट कारोबार गर्दा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ लगायत प्रचलित कानुन नियम निर्देशनको पूर्णतया पालना गर्नु पर्नेछ । जारी भएका कार्डको विवरण मासिक रुपमा राष्ट्र बैंकमा पेश गर्नु पर्ने छ ।

प्रचलित कानुन बमोजिम रकम फिर्ता गर्नुपर्ने अवस्था आएमा वा ग्राहकको अनुरोधमा कार्डमा जम्मा भएको रकम फिर्ता गर्नुपर्ने भएमा त्यस्तो रकमलाई सोही दिनको विनिमय दरको आधारमा प्रयोगकर्ताको खातामा जम्मा गरिदिनु पर्नेछ । यसरी जारी भएका कार्ड अनलाइनमार्फत वस्तु तथा सेवा आयात बापतको भुक्तानी गर्ने प्रयोजन बाहेक पुँजीगत कारोबारको लागि खर्च गर्न पाइने छैन । साथै यस्ता कार्ड प्रयोग गरी एटिएमबाट नगक झिक्ने पिओएस मार्फत कारोबार गर्ने लगायतका कारोबार गर्न नसकिने व्यवस्था मिलाउनु पर्नेछ ।

कार्ड प्रयोगकर्ताबाट बस्तु तथा सेवा आयातबापतको खर्च भएको रकमको बील बीजक लगायत आवश्यक विवरण माग गर्न सकिनेछ र यसरी कागजात लगायतका विवरण माग भएको अवस्थामा ग्राकले सम्बन्धित बैंकलाई उपलब्ध गराउनु पर्नेछ । तोकिएको सीमा शर्त र व्यवस्थाको प्रतिकुल हुने गरी कार्डबाट खर्च गरिएको पाइएमा त्यस्तो कार्डबाट कारोबार गर्न जुनसुकै बखत रोक लगाउन सकिनेछ । सीमा शर्त र व्यवस्थाको प्रतिकुल हुने गरी कारोबार गर्नेहरुको विवरण नेपाल राष्ट्र बैंकमा उपलब्ध गराउनु पर्नेछ र यसमा नेपाल राष्ट्र बैंकले आवश्यक कारबाही समेत गर्न सक्ने छ। साथै नेपाल राष्ट्र बैंकले आवस्यक ठानेमा जुनसुकै बेला यस्तो सटही सुविधा र कार्ड जारी भइसकेको अवस्थामा समेत कारोबार रोक्न निर्देशन दिन सक्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS