काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि १९२ जना कर्मचारी माग गरेको छ । लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।
बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा कर्मचारीको लागि आवेदन खुला गरेको छ ।
तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।
ईच्छुक तथा योग्यता पुगेकाले आजदेखि अनलाइन दरखास्त भर्न सकिनेछ । चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्न सकिनेछ ।