IME Life

नेपाल टेलिकमको सञ्चालकमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल टेलिकमको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । टेलिकमको एक जना सञ्चालक सर्वसाधारणबाट प्रतिनिधित्व हुने व्यवस्था छ । पौडेल आगामी चार वर्षका लागि सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा कसैले पनि उमेद्वारी नदिए पछि पौडेल निर्विरोध निर्वाचित भएका हुन् । नेपाल टेलिकमले चैत १३ गते वार्षिक साधारणसभा डाकेको छ ।

Prabhu
Crest

साधारणसभामा सर्वसाधारण समुहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदका लागि निर्वाचन गर्ने विशेष प्रस्ताव बमोजिम बिहीबारसम्म उमेद्वारी दिन पाउने व्यवस्था थियो । कसैको पनि उमेद्वारी नपरे सँगै पौडेल आगामी वार्षिक साधारणसभाबाट निर्वाचित भएको घोषणा हुने छ ।

पौडेल सरकारी जागिर छाडेर शेयर बजारमा प्रवेश गरेका हुन् । उनले यस भन्दा अगाडि विभिन्न कम्पनीको सञ्चालक भएर काम गरिसकेका छन् । हाथवे इन्भेष्टमेन्ट लगायत विभिन्न कम्पनी सञ्चालन गरिसकेका पौडेल नेपाल इन्भेष्टर फोरमको अध्यक्ष भैसकेका छन् । पौडेल नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा सबैभन्दा बढी मद ल्याएर निर्वाचित भएका थिए । महासंघमा शेयर बजारको तर्फबाट प्रतिनिधित्व गर्ने पौडेल पहिला कार्यकारी  निर्वाचित सदश्य हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS