काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा समग्र बीमा व्यवसाय ३२ दशमलव २ प्रतिशतले बृद्धि भएको छ । अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा गत आर्थिक बर्षमा ६९ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएकोमा समीक्षा अवधीको यस अवधिमा ९२ अर्ब ४१ करोड पुगेको उल्लेख छ ।
त्यस्तै, गत आर्थिक वर्षको माघ मसान्तसम्ममा जीवन बीमा शुल्क र निर्जिवन बीमा शुल्कको हिस्सा क्रमशः ८१ दशमलव ८ प्रतिशत र १८ दशमलव २ प्रतिशत रहेको जनाइएको छ।
त्यस्तै, नीति विश्लेषण महाशाखाका अनुसार बीमाको दायरामा आएको जनसंख्या २२ दशमलव ८ प्रतिशत पुगेको जनाएको छ । साथै म्यादी बीमा सहितको बीमाको पहुँच २५ दशमलव २ प्रतिशत रहेको जनाइएको छ ।
अघिल्लो आर्थिक बर्षमा २० दशमलव ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच यस वर्ष २२ दशमलव ८ प्रतिशत जनसंख्यामा पुगेको बुलेटिनमा उल्लेख छ ।