IME Life
Beema Board

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चितवनको भरतपुरमा नयाँ शाखा विस्तार गरेको छ । एनसीसी बैँकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दैै एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए ।

Prabhu
Crest

साथै, उनले बैँकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैँकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गरे ।

हालसम्म बैंकले देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा ८ वटा एक्स्टेन्सन काउन्टर १०७ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदा गर्दै आएको छ ।

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाको उपस्थित थियो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS