IME Life
Beema Board

सात जीवन बीमा कम्पनीको ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको आइपीओ आउँदै, कसको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले नयाँ अनुमति दिएका १० जीवन बीमा कम्पनीहरु मध्ये ७ वटा जीवन बीमा कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न बाँकी छ । बीमा समितिले नयाँ अनुमति दिएका तीन निर्जीवन बीमा कम्पनी र तीन जीवन बीमा कम्पनीले प्राथमिक शेयर निष्काशन गरेर दोस्रो बजारमा सूचिकृत भइसकेको छ।

प्राथमिक शेयर निष्काशन गर्न बाँकी ७ वटाले चार अर्ब ३९ करोड रुपैयाँको जारी गर्दै छन् । बीमा समितिले  जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी २ अर्ब निर्धारण गरेको छ। कम्पनीहरुले सर्वसाधारणका लागि न्युनतम ३० करोड रुपैयाँ प्राथमिक शेयर जारी गर्नै पर्छ । बीमा समितिले चार वर्ष अगाडि नै जीवन बीमा व्यवसाय गर्न अनुमति दिए पनि समयमा साधारणसभा गर्न नसक्दा प्राथमिक शेयर निष्काशनमा ढिलाइ भएको हो ।

Prabhu
Crest

धितोपत्र निष्काशन नियमावली अनुसार प्राथमिक शेयर निष्काशनका लागि पुर्ण रुपमा एक आर्थिक वर्ष व्यवसाय गर्नु पर्छ। यसले गर्दा जीवन बीमा कम्पनीहरुले प्राथमिक शेयर निष्काशनका लागि कम्तिमा पनि २ आर्थिक वर्षको साधारणसभा गर्नु पर्ने भएको हो । कम्पनीले जीवन बीमा व्यवसाय सुरुवात गरेको पहिलो आर्थिक वर्षको लेखापरिक्षणको मान्यता नहुने र दोस्रो आर्थिक वर्षको लेखापरिक्षणमा ढिलाइ हुँदा प्राथमिक शेयर निष्काशनमा पनि ढिलाइ भएको हो ।


कुन कम्पनीले कति निष्काशन गर्दै छन् आइपीओ ?
अब बाँकी ७ वटा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन तथा विक्री खुला गर्न लागेका छन् । जसमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड , आईएमई लाइफले ६० करोड, महालक्ष्मी लाइफले ६० करोड, रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ निष्काशन गर्दैछन् ।

आइपीओ जारीपछि कति पुग्छ चुक्ता पूँजी ?
आईपिओ जारी भएपछि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी ,महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको २ अर्ब ५० करोड र युनियन लाईफ इन्स्योरेन्स कम्पनीको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

कुनले कति पाए रेटिङ ?
यूनियन लाइफले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको छ । उक्त आइपीओले कम्पनीको समग्र वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाँउछ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एसबिआइ मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

सन नेपाल लाइफले पनि आईपिओको रेटिङ्ग गराइसकेको छ । सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ । जसले औसतभन्दा कमजोर वित्तीय अवस्था रहेका जनाँउछ ।

त्यस्तै, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ट्रिपल बी माइनस रेटिङ पाएको छ । कम्पनीले जारी गर्न लागेको आईपिओलाई इक्रा रेटिङमा रेटिङ गराउँदा बीबीबी– रेटिङ पाएको हो । जीवन बीमा कम्पनीहरुमध्येमा पाएको यो उत्कृष्ट रेटिङ हो । ट्रिपल बी– रेटिङले कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको पुष्टि गर्दछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS