IME Life
Beema Board

यूनियन लाइफद्धारा २० लाख ९० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुर्घटना वापतको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले भेरी नगरपालिका ३ स्याला निबासी ईन्द्र कुमारी खत्रीलाई मृत्यु दाबी भुक्तानी वापतको २० लाख ९० हजारको चेक हस्तान्तरण गरेको हो ।

२० लाख ९० हजारको उक्त चेक भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ६ नम्बर प्रदेश प्रमुख नारायण पंगेनी र एजेन्सी मेनिजर लिलाबहादुर शाह मार्फत संयुक्त रुपमा ईन्द्र कुमारी खत्रीलाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

ईन्द्र कुमारी खत्रीका श्रीमान यज्ञबहादुर खत्रीले १७ साउन २०७६ मा यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १० लाखको बार्षिक अग्रिम भुक्तानी जीवन बीमा गरेका थिए । बीमा नम्बर ६०६००००१०६ रहेका खत्रीको रुखबाट लडेर मृत्यु भएको थियो ।

कम्पनीले २० लाख रुपैयाँ र ९० हजार बोनश गरेर एकमुष्ट २० लाख ९० हजारको चेक हस्तान्तरण गरेको कम्पनीका ६ नम्बर प्रदेश प्रमुख पंगेनीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS