IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकको एजिएम चैत्र २३ गते, कहिलेसम्म कायम शेयरधनीले लाभांश पाउँछन् ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र २३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको चैत्र १ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा बिहान १० बजेबाट सुरू हुने बैंकले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनश शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Prabhu
Crest

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १० गतेदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विभिन्न प्रस्ताव पारित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS