काठमाडौं । नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट लिलाम बढाबढ मार्फत बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्री गरेको थियो ।
लगानीकर्ताले आज चैत्र २ गते, सोमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौँ तथा शाखा कार्यालयहरू मोरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।