IME Life

महालक्ष्मी लाईफको प्रदेश १ मा सम्पति शुद्धिकरण निवारण तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश १ का आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । कम्पनीले सोमबार गोर्खामा उक्त तालिम दिएको जनाएको छ ।

तालिममा ११ जना प्रमुखहरुको सहभागिता रहेको थियो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गरेकी थिइन् ।

Prabhu
Crest

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम दिएको हो ।

त्यस्तै, कार्यालय प्रमुखहरूलाई पनि तालिम दिइएको थियो । नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम दिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS