काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले भोलि मंगलबार साधारणसभा गर्दै छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनले एलआईसी शिक्षालय हल नक्सालमा बिहान साढे १० बजे डाकेको छ। साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रास्ताव लगिने भएको छ। फागुन ६ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनुका साथै प्रस्तावित लाभांस प्राप्त गर्ने छन्।
साधारणसभाले सर्वसाधारण शेयरधनी समुहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने भएको छ भने संस्थापक शेयरधनी समुहबाट निर्वाचित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने भएको छ।
त्यस्तै,निर्धन उत्थान लघुवित्तले आफनै केन्द्रिय कार्यालय नक्सालमा दिउँसो १ बजे डाकेको छ। सभाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाने भएको छ। फागुन १० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनका साथै लाभांस प्राप्त गर्ने छन्।