IME Life

नेपाल टेलिकमको एजिएम चैत १३ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले चैत १३ गते १३औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS