काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहीलमा १७औं र भक्तपुरको सूर्यविनायकमा १८औं शाखा सञ्चालनमा ल्याएको छ ।
संस्थानको चाबहील शाखाको काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ।
चाबहील शाखाको उद्घाटन गर्दै अध्यक्ष डँगोलले चाबहील क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै सो क्षेत्रमा बीमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गरे ।
त्यस्तै, संस्थानको सूर्यविनायक शाखाको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ।