काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।इन्स्यारेनसले फागुन २७ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी नेशनल लाईफको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
यो शेयरको न्यूनतम मूल्य ४ सय ९२ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।