IME Life

सिद्धार्थ चोकको कम्प्लेक्समा माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा संचालन

SPIL
NIC ASIA

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा तथा पोखरा सिद्धार्थ चोकमा रहेको कम्प्लेक्समा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैङ्कले पोखराका ३ स्थानमा एकैपटक भव्य क्यूआर कोड शुरु गरेको हो ।

Prabhu
Crest

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा नेपाल राष्ट्र बैङ्कका का.मु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैङ्कका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त सेवाको शुरु गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैङ्कका सञ्चालक विश्वप्रकाश गौतम तथा सृजना कार्कीको पनि उपस्थिती रहेको थियो ।

यस सेवा संचालनमा आएपछि हङकङ बजार तथा कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैकिङ्ग एप्लिकेशन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरी, पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यूआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका का।मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS