काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।आज छापावाल सुनको भाउ तोलाको ८९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८८ हजार ८५० सय रुपैयाँ निर्धारण भएको छ । बुधबार छापावाल सुनको भाउ तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८९ हजार ३५० सय रुपैयाँ निर्धारण भएको थियो ।
चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको छ ।