काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२७औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएको छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको छ ।
नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।