काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो बताएको छ ।
कम्पनीको पुस २७ गते, सोमबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा पनि सूचीकृत भइसकेको छ ।
कम्पनीले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो बोनश प्राप्त गर्नका लागि आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।