Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानद्धारा उत्कृष्ट १० अभिकर्तालाई सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। राष्ट्रिय बीमा संस्थानले ५७ औ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा धेरै जीवन बीमा व्यवसाय ल्याउने उत्कृष्ट १० जना अभिकर्तालाई सम्मान गरेको छ। मंगलबार संस्थानको मुख्य कार्यकालयमा सम्पन्न भएको समारोहमा प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उनिहरुलाई सम्मान गरेका हुन्।

संस्थानमा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा धेरै जीवन बीमा व्यवसाय ल्याउने मनकुमारी निरौला रेग्मीलाई स्वर्ण पदक सहित सम्मान गरेको को हो। निरौला विगत १५ वर्षदेखि सबैभन्दा धेरै जीवन बीमा व्यवसाय ल्याउने अभिकर्ताको पहिलो नम्बरमा अनवरत रहदै आएकी छिन। उनले अनवरत १५ औ पटक पनि सबैभन्दा धेरै जीवन बीमा व्यवसाय ल्याएबापत स्वर्ण पदक प्राप्त गरेकी छिन्। संस्थाले मनकुमारी निरौलाका साथै उनको श्रीमान बुद्धि प्रसाद रेग्मीलाई पनि सम्मान गरेको छ।

Prabhu
Crest

संस्थानले दोस्रो धेरै जीवन बीमा व्यवसाय ल्याउने हरिशरण शिवाकोटीलाई पनि स्वर्ण पदक सहित सम्मान गरेको छ। त्यस्तै तेस्रो धेरै जीवन बीमा व्यवसाय भित्र्याउने बद्रि प्रसाद उप्रेतीलाई रजत पदक सहित सम्मान गरिएको छ। यसका साथै चौथो धेरै व्यवसाय भित्र्याउने विरेन्द्र बहादुर शंकर, पाचौ धेरै जीवन बीमा व्यवसाय भित्र्याउने शान्ति महर्जन, छैठौ धेरै जीवन बीमा व्यवसाय भित्र्याउने बुद्धि प्रसाद गौतम, सातौ धेरै जीवन बीमा व्यवसाय भित्र्याउने निल बहादुर श्रेष्ठ, आठौ धेरै जीवन बीमा व्यवसाय भित्र्याउने राजन रिमाल, नवौ धेरै कान्छा थापा र दशौ धेरै जीवन बीमा भित्र्याउने विश्वेस्वर प्रासद अधिकारीलाई सम्मान गरेको हो।

पाँच वटा प्रदेशमा सबैभन्दा धेरै जीवन बीमा व्यवसाय गर्ने अभिकर्ताहरुलाई पनि सम्मान गरिएको छ। प्रदेश नम्बर एकबाट राष्ट्रिय बीमा संस्थान धनकुटाबाट टङ्क बहादुर राई सम्मानित भएका छन्। त्यस्तै प्रदेशन नम्बर दुई जनकपुरका अभिकर्ता रामनन्दन राई सम्मानित भएका छन्। बागमति प्रदेशको उपत्यका भन्दा बाहिर चितवनबाट सान्ता कर्णेल अधिकारीलाई संस्थाले मंगलबार सम्मान गरेको छ। गण्डकी प्रदेश राष्ट्रिय बीमा संस्थान पोखरा शाखाबाट नेत्रनारायण सुवेदी सम्मानित भएका छन्। लुम्बिनी प्रदेश बुटवलबाट लक्कड प्रसाद अर्याल सम्मानित भएका हुन्।

वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने शाखाको रुपमा बुटवलको शाखा प्रथम भएको छ। बुटवल शाखाले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। दोस्रो धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने शाखाको रुपमा नारायणगढ शाखा सम्मानित भएको छ। यस शाखाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS