IME Life

बरुण हाइड्रोपावरको नाफामा गिरावट

SPIL
NIC ASIA

काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ दशमलव ६१ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड २९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमासमा कम्पनीले बिजुली विक्री मार्फत ३ करोड ५८ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ५३ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिजुली विक्री मार्फत ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ हुँदा जगेडा कोषमा एक करोड १५ लाख रूपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS