Connect IPS
IME Life

७ महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे ७४ अर्बमाथि बीमा शुल्क, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा ७४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ७ महिनाको अवधिमा ७९ लाख ८९ हजार ९ सय ११ वटा बीमा पोलिसी जारी गरि ७४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Source : Beema Samiti

समितिको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २० अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १० अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्म ६ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब २० करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब ९९ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ७५ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब ६९ करोड रुपैयाँ, गुँरास लाइफले २ अर्ब ४८ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफले १ अर्ब ७३ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब ६५ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब २१ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब १२ करोड रुपैयाँ, प्रभु लाइफले ८२ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS