IME Life
Beema Board

कोरोना बीमा दाबी भुक्तानी ४ अर्ब नाघ्यो, सरकारले ५० करोड बेहोर्नु पर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। कोरोना बीमाको दाबी भुक्तानी चार अर्ब रुपैयाँ नाघेको छ। बीमा समितिका अनुसार काजगपत्र पुरा गरेका ४१ हजार २६१ जनाले   ४ अर्ब रुपैयाँको दाबी भुक्तानीका लागि स्वीकृति पाएका हुन्। समितिले ४ अर्ब रुपैयाँको भुक्तानीका लागि स्वीकृति दिए पनि बीमितले भने पाउन सकेका छैनन्।

कोरोना बीमा मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीहरुको महाविपत्ती कोष र बीमा समितिले भुक्तानी गर्नु पर्ने दायित्व अन्तर्गत रहेर बीमा पुलमा साढे तीन अर्ब रुपैयाँ भने पुरा भैसकेको छ।

Prabhu
Crest

तर दाबी भुक्तानीका लागि ४ अर्ब रुपैयाँको स्वीकृति भैसकेको छ। बाँकी ५० करोड रुपैयाँ नेपाल सरकारको दायित्व अन्तर्गत पर्दछ। तर समितिले अहिलेसम्म पनि नेपाल सरकार सँग समन्वय गरेको छैन। मापदण्ड अनुसार साढे तीन अर्ब रुपैयाँ भन्दा माथिको दायित्व नेपाल सरकारले बेहोर्नु पर्ने हुन्छ। फागुन ७ गतेको तथ्याङ्क अनुसार नेपाल सरकारको दायित्व अन्तर्गत ५० करोड रुपैयाँ परिसकेको छ। अर्को तर्फ कोरोना बीमाको दाबी पर्ने क्रम रोकिएको छैन।

अहिलेसम्म ४१ हजार  २६१ जनाले दाबीका लागि स्वीकृति पाए पनि स्वीकृतिको पाइपलाइमा ३५ हजार वटा भन्दा धेरै फाइल छन्। यसले गर्दा सरकारले भुक्तानी गर्नु पर्ने दायित्व दिन दिनै बढ्नेछ।

कोरोना बीमा मापदण्ड २०७७ को पछिल्लो संसोधन पछि यस बीमाको पुनर्बीमा पनि भएकोले केहि रहक पुनर्बीमा कम्पनीले बेहोर्ने बीमक संघका चंकी क्षेत्रीले जानकारी दिए। दाबीको केहि हिस्सा विदेशी पुनर्बीमा कम्पनीले बेहोर्ने भएकाले सरकारलाई केहि राहात हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS