काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ ।कम्पनीको मंसिर ५ गते सम्पन्न चौधौँ वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको जनाएको छ ।
कार्तिक २४ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा उक्त बोनश शेयर जम्मा गरेको कम्पनीले बताएको छ ।
कम्पनीले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।