काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षकोको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २० प्रतिशतले कमी हो ।
चालू आर्थिक वर्षमा कम्पनीले १ करोड ४० लाख नाफा कमाएको छ ।गत आवको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ७७ लाख नाफा कमाएको थियो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्री बापत ५ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर ५ करोड ४५ लाखमा सिमित भएको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७७ पैसा मूल्य आम्दानी अनुपात ४१ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ५७ पैसा पुगेको छ ।