काठमाडौं । शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवार छापावाल सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रुपैयाँमा मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाल सुन प्रतितोला१ हजार रुपैयाँले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी शुक्रवार प्रतितोला एक हजार ३ सय ५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।