काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म शेयर दाखिला खारेज गर्ने जनाएको छ । त्यसकारण फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र पाउनेछन् ।
कम्पनीले फागुन २५ गते वार्षिक साधारण सभा गर्ने जनाएको छ । उक्त कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो। साधारणसभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयर मा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ नाघ्नेछ। कम्पनीले अझै २०७६/७७ को वार्षिक साधारणसभा गर्न बाँकी छ। एक्चुरियल मूल्याङ्कन छिटो नहुँदा साधारणसभा गर्न ढिलाइ भएको हो।