Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोष ३१ अर्ब ७२ करोड, खुद बीमा शुल्क कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार  ५ अर्ब ६८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन शून्य दशमलव १९ प्रतिशतले कमी हो ।

समिक्षा अवधिमा कम्पनीले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थानले ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

Prabhu
Crest

हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख २० रुपैयाँ हजार रहेको छ । जगेडा कोषमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संचिती १९ प्रतिशतले बढाएर ३१ करोड २६ लाख रुपैयाँ जम्मा भएको  छ । त्यस्तै, जीवन बीमा कोषमा ३१ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा संस्थानले १ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी करिब ६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कमपनीले १ अर्ब ३६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS