काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानमा एक्सटेनसन काउन्टर संचालनमा ल्याएको छ । बैंकले संस्थानका कर्मचारीलाई बिना धितो ऋण पनि दिने जनाएको छ । सो सम्बन्धी बैंक र कम्पनीबीच सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र संस्थानका तर्फबाट प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका हुन्।
सम्झौता पछि संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम संकलन गर्ने उद्देश्यले संस्थानमा बैंकको एक्सटेनसन काउन्टर संचालन गरिएको हो । संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने जनाएको छ ।