काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए।
अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए।
सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेको छ । साधारणसभाबाट संस्थापकहरु शेयरधनी समुहबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन्।
त्यस्तै साधारणसभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।