काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा आज फागुन २ गते गर्ने भएको छ । कम्पनीको पुस २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो । उक्त सभा आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने जनाएको छ । त्यसैगरी सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।