IME Life
Beema Board

सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ६१ प्रतिशतले बढ्यो, नाफामा आयो सामान्य सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ९१ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत आवको सोही अवधिमा ५६ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६१ प्रतिशतले बढी हो ।

Prabhu
Crest

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा २९ करोड ६३ लाख रुपैयाँ र जीवन बीमा कोषमा १ अर्ब ८६ करोड रुपैयाँ संचित रहेको छ ।

दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा ६८ हजार ४ सय ५६ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले ७ करोड ७५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।गत बर्षको तुलनामा कम्पनीको नाफा ८ प्रतिशतले बढेकोे छ।

जीवन बीमा कम्पनीहरुको हकमा नाफा लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS