Connect IPS
IME Life

मेट लाइफको बीमाशुल्क आर्जनमा सामान्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा २ अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत आवको सोही अवधिमा २ अर्ब २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ प्रतिशतले बढी हो ।

Prabhu
Crest

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ र जीवन बीमा कोषमा १८ अर्ब ६७ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ४८ करोड लाख रुपैयाँ रहेको थियो ।

दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा १० लाख २२ हजार ९ सय ७१ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले १ करोड ८३ रुपैयाँ माथि कुल दावी भुक्तानी गरेको छ भने ७२ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
गत बर्षको तुलनामा कम्पनीको नाफा २८ दशमलव १६ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS