Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सको २ अर्ब ३७ करोड दाबी भुक्तानी हुन बाँकि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीकोे २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्न हुन बाँकि भएको कारण मुनाफा बढ्न टेवा पुगेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३७ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले खुद बीमा शुल्क ४० करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ दशमलव ८४ प्रतिशतले कमी हो ।

Prabhu
Crest

१ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ७७ लाख रुपैयाँ, बीमा कोषमा ७५ करोड ९१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड २१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १ सय ९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले १६ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ५४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ । कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवथ २ सय ४ रुपैयाँ १४ पैसा रहेको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS