काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले शेयरधनीलाई नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।
कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।
यस अघिका साधारण सभाबाट पारित लाभांश नलिएका शेयरधनीले पनि यथाशिघ्र कम्पनीको शेयर रजिष्ट्रार सिबिआइएल क्यापिटलमा सम्पर्क गरी लिन अनुरोध गरेको छ ।