Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको नाफा १५९% ले बढ्यो, अन्य वित्तीय अवस्था कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५९ दशमलव ३६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Prabhu
Crest

१ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ, बीमा कोषमा ७ करोड ४८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७३ लाख रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिमा कम्पनीले २ करोड ७३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ ।

पुस मसान्तसम्ममा कम्पनीले ४२ हजार ७ सय १५ बीमालेख जारी गरेको छ । यस अवधिसम्ममा कम्पनीले १७९ दाबी बापत ७ करोड ५४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय १४ रुपैयाँ ८४ पैसा रहेको छ । कम्पनीको मुल्य आम्दानी अनुपात ८१.९६ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS