काठमाडौं । लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । आयोगले विभिन्न पदहरुका लागि २५४ जना कर्मचारी माग गरेको हो ।
आयोगले निजामती सेवा तर्फ प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौ तहका आ.प्र, खुला तथा समावेशी पदहरुमा कर्मचारीको माग गरेको छ ।
आयोगले आयोगको कार्यालय धनकुटाका लागि सब इन्जिनियर, सिनियर मेकानिक्स, सर्भेक्षक, कम्प्युटर अपरेटर लगायत विभिन्न पदहरुमा ७५ जना, आयोगको कार्यालय जलेश्वरका लागी ४० जना कर्मचारी माग गरेको छ ।
त्यस्तै, सुर्खेतका लागि ३५ जना, दिपायलका लागि २६ जना, काठमाण्डौका लागि १८६ जना, पोखराका लागि ५९ जना र बुटवलका लागि ४९ गरि जम्मा २५४ जना कर्मचारीको माग गरेका हो ।
आयोगका अनुसार योग्यता पुगेका १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । दरखास्त फारम फागुन १८ गते सम्म दरखास्त बुझाउनु पर्नेछ ।