IME Life
Beema Board

रिलायबल नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ५३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ८६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

कुल बीमा शुल्क भने ७८ प्रतिशतले बढेको छ। कम्पनीले हालसम्म ४ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा दुई  ६६ करोड रुपैयाँ थियो।

Prabhu
Crest

रिलायलबल नेपालले यसै अवधिमा ३४.२६ प्रतिशतले खुद मुनाफा आर्जन बढाउन सफल भएको छ। कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

कर्जा लगानी तथा अन्य आयमा पनि उल्लेख्य सुधार गरेको छ। समिक्षा अवधिमा १७ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको हो। गत वर्षको यहि अवधिमा ६ करोड ४५ लाख रुपैयाँ मात्रै थियो।

खुद दाबी भुक्तानी ३० करोड ८२ लाख रुपैयाँ छ। गत वर्षको यहि अवधिमा १३ करोड ८७ लाख रुपैयाँ मात्रै थियो। हालसम्मको कुल दाबी भुक्तानी भने ३१ करोड ४५ लाख रुपैयाँ छ। कम्पनीको हाल कायम रहेको कुल पोलिसी संख्या भने २६ लाख ७८ हजार वटा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS