काठमाडौं । माउन्टेन इनर्जी नेपालले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले ६ महीनामा ५ करोड १४ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिको तुनलामा १ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा ५ करोड ४ लाख नाफा कमाएको थियो ।
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा विद्युत विक्री बापतको आम्दानी ८ करोड २१ लाख रुपैयाँ गरेको हो । यो आम्दानी गत आवको दोस्रो त्रैमासमा ८ करोड ३७ लाख रुपैयाँ थियो ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोषमा ३४ करोड २३ लाख सञ्चित गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८५ पैसा, मूल्य आम्दानी अनुपात १३४ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ०४ पैसा रहेको छ ।