काठमाडौँ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि तोलाको एक हजार ५ सय रूपैयाँले नै बढेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।