काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीके शाखा कार्याले अत्तरियाले मृतक बीमित अर्जुन चौधरीको श्रीमति विमला थारुलाई १६ लाख ३६ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी रकम वापतको चेक हस्तान्तरण गरेको हो ।
मृतक चौधरीले २०७७ साल असोज १२ गते सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा ८ लाखको बीमा पोलिसी लिएका थिए । मृतक चौधरीको गत मंसिर ९ गते दुर्घटनामा परी मृत्यु भएको थियो । उनले २० वर्षे अवधिको पोलिसी लिएका थिए ।
उक्त दाबी भुक्तानी रकम गोदावरी वडा नं ४ का अध्यक्ष, वडा सदस्य समाजका अग्रज व्यक्तित्वहरुको उपस्थितिमा सानिमा लाइफका प्रदेश ७ का प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले सानिमा लाइफ छिटो टरितो बीमा सेवा प्रदान गर्न तत्पर रहेको ७० बोनश रहेको तथा सामान्य अवस्थामा २ गुणा र दुर्घटना भएको अवस्थामा ३ गुणा बीमाङक रकम दिने एक मात्र शुभलक्ष्मी पोलिसी भएकाले पुर्ण विश्वस्त बीमा योजना खरिद गर्न आग्रह गरे ।